×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैकद्धारा ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा, मासिक ब्याजसहित आकर्षक सुविधाको व्यवस्था

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मुक्तिनाथ विकास बैकद्धारा ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा, मासिक ब्याजसहित आकर्षक सुविधाको व्यवस्था

७ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमार्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी बचत खाताहरु मध्ये सर्वाधिक ब्याजदर प्रदान गर्ने, रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा भएको मासिक ब्याज आर्जन हुने ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

ग्राहकहरुले मात्र रु १०,०००/– को न्यूनतम मौजदातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान गर्नेछ । साथै पहिलो वर्षको लागि निशूल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ तथा निशूल्क इन्टरनेट बैंकिङ को सेवा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र बंैकको व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएक मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी