म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङको बागलुङ नगरपालिका–४ कुँडुले जोड्ने ३८८ मिटर लामो र १०० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण कार्य सुरु भएको छ । नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजनले दुई जिल्लाको सिमानामा पर्ने ठूलो खोलामा पुल निर्माण थालेको हो । रु तीन करोडको लागतमा थानी हिमशिखर जेभीले उक्त पुल निर्माण गर्न लागेको हो ।
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने संसारकै लामो झोलुङ्गेपुल निर्माण गरेको कम्पनीले नै यो पुलको काम थालेकाले समयमा काम सकिने सर्वसाधारणमा आशा पलाएको भानु माध्यमिक विद्यालय रत्नेचौरका प्रधानाध्यापक भरत खत्रीले बताउनुभयो ।
प्रअ खत्रीका अनुसार पुल निर्माण भएपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटिने भएको छ । पुलले सर्वसाधारणलाई आवतजावतमा सहज हुनुका साथै रत्नेचौरमा आन्तरिक पर्यटककोसमेत वृद्धि हुने आशा गरिएको छ । असोजको अन्तिम साता निर्माण सम्झौता गरेको कम्पनीले दश महिनामा पुल तयार गर्नुपर्ने छ । “पहिलो चरणको लेआउटको काम सकियो, अब फाउण्डेसनको काम सुरु हुन्छ”, कम्पनीका प्रतिनिधि नरहरि खड्काले भन्नुभयो । दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बन्दा एक घण्टाको पैदल यात्रा पाँच मिनेटमा छोटिने छ ।
पुल दुई जिल्लाको मितेरी सीमा हुने सर्वसाधारणको आशा छ । पुल निर्माण पछि रत्नेचौरमा उत्पादन हुने कृषिउपज, दूधलगायतका सामानलाई बजारीकरण र पैदल मार्ग हुँदै बेनी बागलुङ गर्ने सर्वसाधारणको लागि सहज हुने स्थानीयको विश्वास रहेको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्