काठमाडौं । नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशैं गाउँ मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथामा आधारित छ ,यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो । भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँदछ, दशैंमा नयाँ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाउँ फर्किन्छन् ।
फर्किदा बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन् र अब जागिर खान शहर जाने होइन, गाउँमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ । यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आफ्नो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गर्छौ भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्