काठमाडौं । नबिल बैंक र पोखरा विश्वविद्यालयबीच समझौता भएको छ । बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुाचका लागि उक्त समझौता गरेको हो । नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा.अजय थापाले उक्र समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त साझेदारीको मुख्य उद्देश्य BED Programनबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (Bachelor of Entrepreneurship Development-BED Program) अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नया आयाम थपेको बताएका छन् । उद्यम गर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने पनि बताए । त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डिन डा.अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रसंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामना सहित यसका लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताए ।
उक्त कार्यक्रममा विश्वविद्यालयको विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न ब्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजिवी साथै BED Program अन्तर्गतका उद्यमशील बन्न चाहने अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । नबिल बैंकले गत असार १५ गते धान दिवशको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई लक्षित गरि कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरिे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्