Skip to content
LAXMI SUNRISE BANK

नबिल इन्भेष्टद्धारा ‘आजिवन डिम्याट खाता’ दशैं अफर सार्वजनिक, नविकरणको झन्झटबाट मुक्त हुने

अर्थ सरोकार

काठमाडौं । कम्पनीले आफ्ना कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावालाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना यही पौष २६, २०७७ देखि लागु हुने गरी ल्याएको छ । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक रु. ३,००० (तीन हजार) रुपैयाँ भुक्तानी गरी आजिवन नविकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर बिजया दशमी २०७८ को शुभकामना सहित नवरात्रीको ९ दिन अर्थात् २०७८/०६/२१ देखि २०७८/०६/२९ गतेका दिनसम्म यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले रु. ९०० छुट सहित जम्मा रु. २१०० (एक्काईस सय रुपैयाँ मात्र) मा जिवनभर नविकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्न पाउने व्यवस्था गरेको व्यहोरा सहर्ष जानकारी गराएको छ ।

यस्तो सुविधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नविकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो सेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ । यस्तै नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि  https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

हामीलाई आशा छ कम्पनीले प्रदान गरेको यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नविकरण गर्न असमर्थ भएका  लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नविकरणको झन्झटबाट मुक्त भै फाईदा लिन सक्नेछन् । यसरी नै लगानीकर्ताहरु र उद्यमीहरुको हितलाई ध्यानमा राखी राष्ट्र कै अग्रगामी तथा प्रगतिशिल इन्भेष्टमेण्ट बैंकिङ सुविधाहरु नबिल इन्भेष्टले पछिल्ला दिनहरुमा संचालनमा ल्याउँदै आएको छ । जसमा लगानी तथा प्राईभेट ईक्विटी परामर्श, विजनेश क्लिनिक, सम्भाव्यता अध्ययन, उद्यमी र लगानीकर्ताहरुलाई जोड्ने र सहज र छिटो बैंक कर्जा उपलब्ध गराउने उपाय सहित एकै छाना मुनि पुरै सबै आर्थिक तथा वित्तीय समाधानहरु पर्दछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK