धनुसा । नाडाको संस्थागत सदस्य जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रथम साधारणसभा शनिबार धनुषाको ढल्केबरमा सम्पन्न भएको छ । एसोसिएसनका अध्यक्ष तेजनारायण शाहको सभापतित्वमा आयोजित साधारणसभामा बोल्दै प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश २ सरकारले योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुलुकको आर्थिक समृद्धिमा नाडाले खेलेको भूमिका महत्वपूर्ण रहेको उनकोे भनाइ छ । लगानीकर्ताहरुलाई उच्च मनोबलका साथ लगानी गर्ने वातावरण बनाउन नसक्नु राज्यका लागि दुर्भाग्य रहेको उनल बताए । ऐन, नियम तथा कानुन बनाउँदा उद्योेगी व्यवसायीसँग राय तथा सल्लाह सुझाव लिनुपर्ने बताउँदै मुख्यमन्त्री राउतले आफूले प्रदेश २ भित्र लगानीमैत्री वातवरण बनाएर निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताएका छन् । यातायात क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नरहेको उनको भनाइ छ । अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व प्रदान गर्ने क्षेत्र रहेको बताउँदै अध्यक्ष दुलालले सबैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि अटोमोबाइल नै रहेको बताए । कोरोना महामारीबाट बच्न निजी सवारी साधनको प्रयोग र खरिद तथा बिक्री बढेसँगै यस क्षेत्रबाट राजश्वमा योगदान पनि बढेको दुलालको भनाइ छ । मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले पछिल्लो यातायात क्षेत्रको विकास तिब्र गतिमा भइरहेको बताउँदै यातायात क्षेत्रको विकाससँगै सडक पूर्वाधारको पनि विकास आवश्यक रहेको बताएका छन् ।
प्रदेश २ मा अटोमोबाइल क्षेत्रको सम्भावना राम्रो रहेको जानकी अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष तेजनारायण शाहले बताए । कार्यक्रमको सञ्चालन नाडाका सचिव अनुप बरालले गरेका थिए । यस्तै धन्यवाद मन्तव्य जानकी अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष केदार अग्रवालले राखेका थिए । कार्यक्रममा नाडाका तर्फबाट उपाध्यक्ष करण चौधरी, सुवाष आचार्य, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंघानिया, कार्यसमिति सदस्य राजनबाबु श्रेष्ठ, ध्रुवबहादुर थापा, प्रकाश कपुरी, मोहनबाबु खड्का, पंकज अग्रवाल, निलमणि पाठक, सुवासिस थपलिया लगायतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्