काठमाडौं । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । कोषको २९औं वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालिन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलन्यास गरेका थिए । लगानी कोष र शहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिव ९० करोड रुपैयाँ लगानीमा शहरी विकास तथा भवन निर्माण बिभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भीलाई निर्माण गर्न ठेक्का दिएको थियो ।
शर्मा रोशन कम्पनीका प्रवन्ध निर्देशक रमेश शर्माले भवन विभागका महनिर्देशक नवराज प्याकुरेललाई र महानिर्देशक प्याकुरेलले कोषका कार्यकारी निर्देशक रमण नेपाललाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् । उक्त भवनको निर्माण पश्चातको हस्तान्तरण कार्यक्रम कोषका कार्यकारी निर्देशक नेपालले कोभिड-१९ को संक्रमण कालिन अवस्थामा पनि भवन निर्माणको कार्य चुस्त र द्रुत गतिमा निर्माण गरी नवनिर्मित भवन हस्तान्तरण गरेकोमा विभाग र निर्माण कम्पनीलाई धन्यवाद दिएका छन् । उनले नव निर्मित भवनबाट सेवाग्राहीले थप सुविधा पाउने धारणा राखे ।
भवन विभागका महानिर्देशक प्याकुरेलले कोभिडको संक्रमणकालिन अवस्थामा पनि सरकारी स्तरबाट तोकिएकै समयमा आधुनिक भवन निर्माण गरी हस्तान्तरण गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा.इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, बिभागिय प्रमुखद्धय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल एवं बिभागका तर्फबाट उप-महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, मचाकाजी श्रेष्ठ एवं निर्माण कम्पनीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्