जनकपुरधाम । प्रहरीले नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा-५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतोलाई प्रिन्टरमा रुपैयाँको नक्कली नोट छाप्दै स्टाम्प हान्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथबाट तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद गरेको गरिएको छ ।
साथै विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७०, भारु २६ समेत बरामद भएको प्रहरीले जनाएको छ । यस्तै एक थान प्रिन्टर, नेपाली नोटमा प्रयोग भएको लालीगुराँसको छाप र भारुनोटमा प्रयोग हुने महात्मा गान्धी भएको फलामको ढ्याकसमेत बरामद गरिएको छ । उनमाथि लिइ थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्