भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले भक्तपुरको ऐतिहासिक रानीपोखरी जीर्णोद्धारको स्थलगत निरीक्षण गर्नुभएको छ । अध्यक्ष बिजुक्छेले आज सैनिक महाविद्यालय परिसरभित्र रहेको ऐतिहासिक रानीपोखरीसँगै प्रसिद्ध सिद्धपोखरी र निर्माणाधीन भाजुपोखरीको समेत स्थलगत निरीक्षण गर्नुभएको हो ।
निरीक्षणका क्रममा अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाले संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको रानीपोखरीलाई पुनर्जीवन दिई सराहनीय कार्य गरेको बताउनुभयो । प्राचीन शहरमा पोखरीको महत्व धेरै भएको बताउँदै उहाँले सभ्यताको विकास र महत्वबारे बुझ्न प्राचीन सम्पदाको विशेष स्थान रहने र त्यसको संरक्षणमा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सम्पदा पुनःनिर्माण र संरक्षणमा आफ्नै सीप, श्रम र आर्थिक लगानी लगाउन सकेमात्र दिगो हुने बताउनुभयो । “विदेशी सहयोग र अरुका भरमा गर्ने विकास निर्माणका कार्य दिगो हुँदैन । आफ्नै पहल र अगुवाइमा स्वावलम्बी भई सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गर्नुपर्छ, जुन भक्तपुर नगरपालिकाले देशकै लागि उदाहरणीय कार्य गरेकोे छ ।”
विसं १६८७ मा तत्कालीन राजा जगज्योति मल्लको पालामा निर्माण भएको रानीपोखरी र त्यसको डिलमा रहेको सत्तल पाटी एवं देवालीस्थल भक्तपुरकै सांस्कृतिक एवं ऐतिहासिक महत्वका सम्पदा मध्येमा पर्छन् । उक्त पोखरी जीर्णोद्धारमा हालसम्म रु दुई करोड ७५ लाख बराबरको रकम खर्च भइसकेको रानीपोखरी उपभोक्ता समितिले जनाएको छ ।
भक्तपुर नपाले नेपाली सेनासँग समन्वय गरी उक्त पोखरीको पटकपटक सरसफाइ गर्दै आएको र उक्त पोखरीमा प्राप्त प्रमाणका आधारमा मौलिकस्वरूपमै पोखरीको जीर्णोद्धार र निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । हाल उक्त पोखरी परिसरको दक्षिणतर्फ ह्वाङह्वाङ पाटी, पूर्व र उत्तरतर्फका प्रवेशद्वार र पाटी निर्माण भइरहेका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको रानीपोखरी जीर्णोद्धारको काम अन्तिम चरणमा पुगेको र पोखरी परिसरमा सौन्दर्य अभिवृद्धिको काम भइरहेको बताउनुभयो । तीन वटा उपभोक्ता समितिमार्फत रानीपोखरी पुनःनिर्माणको कार्य अगाडि बढिरहेको जानकारी दिँदै उहाँले पुनःनिर्माणको सम्पूर्ण कार्य छिटै सम्पन्न हुने र सर्वसाधारण जनताका निम्ति पोखरी खुला हुने बताउनुभयो ।
निरीक्षणमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठ, सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी सन्तोष कार्की, भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ, प्रशासकीय अधिकृत दामोदर सुवाल, उपभोक्ता समितिका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो । भक्तपुरको रानीपोखरी जीर्णोद्धार कार्य २०७६ जेठ १५ गतेदेखि सुरु भएको र करिब तीन महिनापश्चात् जीर्णोद्धार कार्य सम्पन्न हुने भक्तपुर–१ का वडाध्यक्ष खत्रीले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्