काठमाडौं । बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्धामा काठमाडौं महानगरपालिका-६ का ६७ वर्षीय नारायणभक्त संगतलाई सिफलबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले २०७७ साल माघ २७ गते बैंकिङ कसूर मुद्धामा उनीमाथि पाँच दिन कैद र १० लाख जरिवानाको फैसला सुनाएको थियो ।
नारायणभक्तले २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सिटिजन्स बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा बिहीबार पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्