×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर्स संघको भद्र सहमतिको बैंकद्वारा अभद्र उल्लङ्घन, एनसीसीलगायतले ब्याज बढाए, एनआइसी झनै आक्रामक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंकर्स संघको भद्र सहमतिको बैंकद्वारा अभद्र उल्लङ्घन, एनसीसीलगायतले ब्याज बढाए, एनआइसी झनै आक्रामक !

१ कार्तिक २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ । बाणिज्य बैंकका सीइओहरुले गरेको भद्र सहमतिविपरित केहि बैंकहरुले डबल डिजिट हुनेगरी ब्याज बढाएका छन् । यसैबीच एनसीसी बैंकले पनि सो भद्र सहमतिविपरित ब्याजदर  बढाएको हो।

कार्तिक १ गतेदेखि लागु हुनेगरी एनसीसी बैंकले व्यक्तिगततर्फ ३ महिने वा सोभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत तोकेको छ भने संस्थागततर्फ ३ महिनादेखि माथिको ब्याजदर १०.५५ प्रतिशत तोएको छ । यस्तै विदेशी मुद्राको मुद्दति निक्षेपको ब्याजदर भने आपसी समझदारीमा तय गरिने उल्लेख गरेको बैंकले बचत खाताको ब्याजदर समेत वृद्धि गरेको छ । बचततर्फ अधिकत ६ प्रतिशत ब्याज पुगेको छ । असोजमा बैंकको  तीन महिने वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९.२६ प्रतिशत थियो भने व्यक्तिगत मुद्दतितर्फ ३ महिनादेखि २ वर्ष अवधिको निक्षेपको ब्याजदर ८.७५ प्रतिशत तथा २ वर्षभन्दा बढी अवधिको मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत थियो ।  असोजमा एनसीसीले बचतमा अधिकत ५ प्रतिशत ब्याज दिएको थियो ।

यता, प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दतितर्फको ब्याजदर बढाएको छ । कात्तिक १ गतेदेखि लागू हुने गरी प्राइम बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार ३ महिनादेखि ६ महिना अवधिको व्यक्तिगत मुद्दतिमा ९ प्रतिशत, ६ महिनादेखि १ वर्षे अवधिको व्यक्तिगत मुद्दतिको ब्याजदर ९.२५ प्रतिशत र एक वर्षे वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.७५ प्रतिशत कायम गरिएको छ । बैंकले संस्थागत मुद्दति निक्षेपको ब्याजदर र बचत खाताको ब्याजदर पनि यथावत नै राखेको छ ।

यस्तै एनआइसी एशिया बैंकले मुद्दति निक्षेपकै ब्याजदर ११.१० प्रतिशत पुर्याएको छ । कात्तिक १ गतेदेखि लागू हुने गरी प्रकाशित नयाँ ब्याजदरअनुसार व्यक्तिगततर्फको मासिक निक्षेप खाताको ब्याजदर असोजको तुलनामा २.५ प्रतिशतले बढाएको छ भने केही बचत खाताको ब्याजदर ३ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ । बैंकले न्यू प्रिमियम सुपर चमात्कारिक मासिक निक्षेप खाता (नर्मल) को ब्याजदर ११.१० प्रतिशत निर्धारण गरिएको छ  भने सोहि नामको कस्टमाइज्ड खातामा समेत ११.१० प्रतिशत नै ब्याजदर पाइनेछ । यसैगरी, १ वर्षदेखि १० वर्षे अवधिको मुद्दति निक्षेपको प्रडक्ट तयार गर्दै एनआइसी एशियाले ११.१० प्रतिशत नै ब्याजदर निर्धारण गरेको छ भने सर्वश्रेष्ठ मुद्दति खाता दि एनआइसी एशिया एम्बेस्डरमा ११.१० प्रतिशत वार्षिक ब्याज तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी