×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलको दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते हुने, यी हुन् पेस गरिने एजेन्डाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एनसेलको दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते हुने, यी हुन् पेस गरिने एजेन्डाहरु

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडको दोस्रो वार्षिक साधारणसभा कार्तिक २९ गते हुने भएको छ । कम्पनीको सभा लैनचौरस्थित आफ्नै कर्पोरेट कार्यालयमा हुने भएको हो । कम्पनीले सभामार्फत सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाहलगायत वितिय विवरण पारित गरिने जनाएको छ ।
यस्तै कम्पनीको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि सभामा छ । यस्तै ऋण सम्बन्धमा र आर्थिक वर्ष ७७/७८ मा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलापहरुमा गरेको खर्च अनमोदन गर्ने विशेष प्रस्ताव पेस गर्ने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी