×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेल आजियाटा लिमिटेड वल्र्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

LAXMI SUNRISE BANK

एनसेल आजियाटा लिमिटेड वल्र्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

१४ कार्तिक २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ मा पुरस्कार जित्न सफल भएको छ । कार्तिक ९ (अक्टोबर २६) गते आयोजना भएको टोटल टेलिकम कङ्ग्रेसको एक कार्यक्रम माझ अवार्डको विजयताको घोषणा भएको थियो । सन् १९९९ मा सुरु भएको वल्र्ड कम्युनिकेसन अवार्डले विश्वभरको टेलिकम बजारमा भएको नवीन विकास र उत्कृष्टताका आधारमा विभिन्न कम्पनीहरुलाई सम्मानित गर्दछ । यी दुई सम्मानले एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत समाजमा पुर्याएको योगदान र क्राइसिस रेस्पोन्स अर्थात विपद प्रतिकार्य अन्तर्गत कोभिड महामारी, बाढी र भुकम्प जस्ता विभिन्न विपद तथा संकटको समयमा गरेका योगदानहरुको सरहना गर्दछ ।

स्वास्थ्य, शिक्षा र वातावरणलाई प्रमुख प्राथमिकतामा राख्दै विभिन्न सामाजिक पहलहरुमार्फत समाजको विकासमा उल्लेखनीय योगदान पुर्याउँदै सरकारलाई दिगो लक्ष्य विकास प्राप्तिमा सहयोग पुर्याए बापत एनसेललाई ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ प्रदान गरिएको हो । त्यस्तै कोभिड-१९ महामारी, २०७२ को भुकम्प र २०७१ र २०७४ को बाढी जस्ता विपदका समयमा सरकार र समुदायलाई पुर्याएको सहयोगको कदर गर्दै एनसेललाई ‘क्राइसिस रेस्पोन्स अवार्ड’ प्रदान गरिएको हो । वल्र्ड कम्युनिकेसन अवार्डमा क्राइसिस रेस्पोन्स अवार्डको विधा यसै वर्ष देखि मात्र राखिएको हो र एनसेलले विश्वका अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै यो अवार्ड जित्न सफल भएको छ ।

“यस प्रतिष्ठित वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ अन्तर्गत दुई महत्वपूर्ण विधामा अवार्ड जित्न सफल भएकोमा हामी निकै हर्षित छौं । यी सम्मानहरु हामीले समाजको विकास र दीगो विकास लक्ष्य प्राप्तिका लागि गरेका महत्वपूर्ण कार्यहरु मात्र नभएर हाम्रा सामाजिक पहलहरुको प्रभावकारी योगदान र विपदको समयमा सरकार र नेपाली जनसमुदायहरुलाई पुर्याएको सहयोग र योगदानको कदर हो । हाम्रा सबै सफलता र उपलब्धिहरू हामीले आफ्ना लागि बनाएको बलियो जगका कारण सम्भव भएको हो र म यसको सम्पूर्ण श्रेय एनसेलका कर्मचारीहरूलाई दिन्छु ।” वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ मा दुई अवार्डहरु जित्न सफल भएकोमा खुसि र आभार व्यक्त गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने ।

‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ विधाको पुरस्कारका लागि अभरोआ केवल, इण्डोस्याट उरेडू, एनसेल आजियाटा नेपाल, ओरेन्ज ग्रुप, पीएलडीटी एण्ड स्मार्ट, र पोलिक्याब इण्डिया गरि पाँच कम्पनीहरु सुचिकृत भएका थिए । त्यस्तै एयरटेल युगाण्डा र कमभिभा, एमडक्स, कन्टेन्ट गुरु, एनसेल आजियाटा लिमिटेड, उरेडू, ओपनरिच क्राइसिस रेस्पोन्स अवार्डको लागि सुचिकृत भएका थिए । यसैगरी एनसेलले हालैमात्र सम्पन्न ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड’ को १२ औं संस्करणमा ‘एसियाज बेस्ट इम्प्लोएर ब्राण्ड अवार्ड २०२१’ जितेको थियो । इम्प्लोयर ब्राण्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कङ्ग्रेस र स्टार अफ द ईण्डष्ट्री गु्रपले एसियामा रहेका विभिन्न कम्पनीहरुलाई मार्केटिङ कम्युनिकेसन्सको माध्यमबाट प्रतिभाहरुलाई आकर्षित गर्न, विकास गर्न र त्यस्ता प्रतिभालाई आफैसँग राख्न सफल कम्पनीहरुलाई सम्मान गर्दछ ।

यसका साथै एनसेल र डायलग आजियाटाले अन्य पार्टनरहरुका साथ हालैमात्र सस्टेनेबिलिटी लिडरसिपका लागि ‘टीएम फोरम क्याटलिस्ट अवार्ड २०२१’ जित्न सफल भएको थियो । टीएम फोरम क्याटलिस्ट अवार्डले विभिन्न उत्कृष्ट सोलुसन्सहरुको विकास गर्ने विश्वका अग्रणी कम्पनीहरुलाई सम्मान गर्दछ । सस्टेनेबिलिटी लिडरसिप अन्तर्गतको यो सम्मान त्यस्ता प्रोजेक्टहरुलाई दिइन्छ जसले दीगो विकास लक्ष्यहरु प्राप्तिका लागि ठूलो सम्भावनाहरु बोकेको हुन्छ । गत असोजमा पनि एनसेलले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ को दुई विधामा पुरस्कार जित्न सफल भएको थियो । एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ अर्थात् सबैभन्दा बढी सामाजिक रूपमा उत्तरदायी कम्पनी र लिडरसिप (नेतृत्व) विधामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्डबाट सम्मानित भएका थिए । लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरुले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानलाई सम्मान गर्दै यो अवार्ड दिइन्छ ।

वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ का विजेताहरुका बारेमा जानकारीका लागि यो लिङ्क क्लिक गर्न सक्नेछन् ।

https://www.terrapinn.com/awards/world-communication-awards/awards.stm?utm_source=email&utm_medium=pardot&utm_campaign=pardot&utm_id=email

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी