×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गत वर्ष एनसेलले सरकारलाई बुझायो झन्डै २७ अर्ब राजस्व, टेलिकमले १२ अर्ब ५८ करोड रुपैयाँ मात्रै भुक्तानी गर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

गत वर्ष एनसेलले सरकारलाई बुझायो झन्डै २७ अर्ब राजस्व, टेलिकमले १२ अर्ब ५८ करोड रुपैयाँ मात्रै भुक्तानी गर्यो

Artha Sarokar

५ कार्तिक २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले विभिन्न शीर्षकमा सरकारलाई झन्डै करिब २७ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पर्दै एनसेलले गत वर्ष २६ अर्ब ९६ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको हो । सोही अवधिमा टेलिकमले भने १२ अर्ब ५८ करोड रुपैयाँ राजस्व सरकारलाई बुझाएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा एनसेलले दूरसञ्चार सेवा शुल्कबापत चार अर्ब ६९ करोड, मूल्य अभिवृद्धि कर (भ्याट) पाँच अर्ब ५१ करोड, रोयल्टीबापत दुई अर्ब २१ करोड, अन्य कर/महसुलबापत १२ अर्ब ९६ करोड रुपैयाँ तथा फ्रिक्वेन्सी रकमबापत एक अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार सोही अवधिमा टेलिकमले दूरसञ्चार सेवा शुल्कबापत तीन अर्ब ७४ करोड, मूल्य अभिवृद्धि कर बापत तीन अर्ब एक करोड, अन्य कर/महसुलबापत चार अर्ब १० करोड, स्वामित्व करबापत ५९ लाख तथा फ्रिक्वेन्सी रकमबापत एक अर्ब ७१ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी