×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बङ्गलादेश बैंकद्वारा १ लाखको दुर्घटना बीमा भुक्तानी, ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास

GLOBAL IME BANK
SHREE KESH

नेपाल बङ्गलादेश बैंकद्वारा १ लाखको दुर्घटना बीमा भुक्तानी, ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास

२ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम रु. १ लाख ग्राहक स्व.दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ । स्व.दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए ।

उक्त रु. १ लाखको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व.दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ ।

साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ । हालसम्म बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटिएमबाट बैंकिङ सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: