×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ३५ प्रतिशत लाभांश पारित

GLOBAL IME BANK
SHREE KESH

नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ३५ प्रतिशत लाभांश पारित

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाल विध्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ । कम्पनीद्धारा यस साधारण सभामार्फत सेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस सेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको शेयरधनीहरुले खुल्ला प्रशंसा गरेका छन् । साधारण सभा भर्चुअल तथा स्वयम् उपस्थितीमा सभा संचालन भएको थियो । त्यस सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य सेयर धनीहरुको उपस्थिति रहेको थियो । स्वयम् उपस्थितीबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेको र उपस्थितहरुबीच दुरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, ‘नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको छ । चालू आर्थिक बर्षको लागि, हामीले गत वर्ष भन्दा विक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं । यस्तै बजारमा लुब्रीकेन्ट सहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरुमार्फत कारोबार हुने वस्तु टायरको समेत काराबार गर्ने लक्ष्य लिएका छौं, जस अन्र्तगत ब्याट्री को बिक्री वितरण सुरु भईसकेको छ । कम्पनीले आफ्ना उत्पादित र बिक्रि वितरण गरिने वस्तूहरुको गुणस्तर र मानव संशाधन विकासको लागि आफ्नो प्रतिबद्धतालाई सदैब मूख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहनेछ ।

बैठक पछि एक सेयरधनीले आफ्नो उत्साह साझा गर्दै भने, ‘१५ बर्ष पहिले, हामीले कम्पनीको भविष्यमा शंका गरेका थियौं, तर विगत ६-७ बर्ष देखि कम्पनीले राम्रो लाभांश वितरण गरीरहेको छ र यस बर्ष कम्पनीले ३५% को उच्च लाभांश वितरण गरेको छ ।’ यो नेपालको कुनै पनि कम्पनीले देखाएको उत्कृष्ट प्रदर्शन हो, त्यसमा पनि निजिकरण गरिएका कम्पनी र अन्य कम्पनीहरुले पनि व्यापार व्यवसाय स्वच्छ रुपमा कसरी गर्ने र कम्पनी कसरी चलाउने भनेर नेपाल ल्युव आयल लिमिटेडका पदाधिकारीबाट सिक्न सक्दछन भनेर नमूना उद्योगको रुपमा स्थापित गर्न सफल भएको बताएका छन् ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्यानचेष्टर यूनाईटेड फूटबल क्लब, म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर सिङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग रहेको छ । त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मुख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: