बाँके । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा कार्यालयले रु २१ अर्ब राजस्व सङ्कलन गरेको थियो । चालू आवमा रु २५ अर्ब राजस्व सङ्कलन गर्ने कार्यालयको लक्ष्य छ । चालू आवमा प्रेट्रोलियम पदार्थ, चामल, दालचिनी, गहुँ, मकै, उद्योग, कच्चापदार्थ, लत्ताकपडा, गेडागुडी, तरकारी र खसीबोकाको आयातमा वृद्धि भएको छ ।
जडीबुटी र सुगन्धित तेल निर्यात बढी भइरहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले बताउनुभयो । नेपालगञ्ज नाकाबाट हरेक वर्ष चामल आयतमा वृद्धि हुँदै गएको छ । नेपालगञ्ज नाकाबाट गत आवमा वर्षमा रु एक अर्ब ५२ करोड ३७ लाखको गेडागुडी भारतबाट आयात भएको भएको थियो । बाँकेमा खुला सीमाका कारण भन्सार कार्यालयलाई लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न समस्या हुने गरेको भण्डारी बताउनुहुन्छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्