×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : चाडपर्व मनाउन गड्डाचौकी नाकाबाट धमाधम भित्रिँदै नेपाली, खप्तड राष्ट्रिय निकुञ्जमा रमाउँदै पर्यटक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : चाडपर्व मनाउन गड्डाचौकी नाकाबाट धमाधम भित्रिँदै नेपाली, खप्तड राष्ट्रिय निकुञ्जमा रमाउँदै पर्यटक

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दशैँ र तिहार पर्व मनाउन कञ्चनपुरको गड्डाचौकीबाट आइतबार नेपाल फर्किंदै गरेका सर्वसाधारणदेखि पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जभित्रको रमणीय स्थलमा घुम्न आएका स्वदेशी पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

रोजगारीका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली दशैँ र तिहार पर्व मनाउन कञ्चनपुरको गड्डाचौकीबाट आइतबार नेपाल फर्किंदै

पश्चिम नेपालको बझाङ, बाजुरा, अछाम र डोटी जिल्लाको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जभित्रको रमणीय स्थलमा घुम्न आएका स्वदेशी पर्यटक । दुई सय २५ वर्ग किमी क्षेत्रफलमा फैलिएको यो निकुञ्ज विश्वकै राम्रो स्थान रहेको छ । असोज, कात्तिक र मङ्सिर महिनामा यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या धेरै हुने गर्दछ ।

कञ्चनपुरको पुनर्वासमा बाख्रापालक कृषक बाख्रा चराएर आफ्नो गन्तव्यतर्फ लाग्दै ।

पर्यटकीय नगरी पोखरको महत्वपूर्ण धार्मिक क्षेत्र भद्रकाली मन्दिर । दशैँको सुरुआतसँगै सो मन्दिरमा भक्तजनको चहलपहल बढेको छ ।

डोल्पाको दुनैस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोबाट दशैँ मनाउन २१० स्वीटल चामल प्रतिपरिवार दश केजीका दरले बाँड्दा नपुगेपछि बन्द गरिएको डिपो । सदरमुकाम भन्दा बाहिरका सबै डिपो बन्द छन् ।

पुर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भण्टाबारीस्थित सडक किनारमा सनपाट (जुट)छुट्याउँदै मजदुर ।

बेंसीशहर नगरपालिका–८ नारायणस्थान चोकमा रहेको आर्दश भेट पसलमा विभिन्न प्रकारका तकारीका बीउ किन्न लाइनमा बसेका कृषक ।

भक्तपुर दरबार नजिकै रहेको चङ्गा पसलमा दशैँको लागि चङ्गा र लट्टाई किन्दै युवा ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी