Skip to content
LAXMI SUNRISE BANK

नेप्सेले एकैसाथ सोध्यो सुमेरु, त्रिशक्ति र नासा सेक्युरिटीज कम्पनीलाई ७ दिने स्पष्टिकरण, भएको के थियो ? (पत्रसहित)

अर्थ सरोकार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ ब्राेकर कम्पनीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । नेप्सेले विभिन्न त्रुटी गरेको भन्दै सुमेरु सेक्युरिटीज पब्लिक लिमिटेड, त्रिशक्ति सेक्युरिटीज पब्लिक लिमिटेड र नासा सेक्युरिटीज कम्पनी लिमिटेडसँग ७ दिने स्पष्टिकरण मागेकाे हाे ।
नेप्सेका अनुसार सुमेरु सेक्युरिटीजले ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेकोले स्पष्टिकरण सोधिएको हो । त्रिशक्ति सेक्युरिटीज पब्लिकले ग्राहक स्वयमले व्यक्तिगत पहिचान विवरण Online Registration बाट नेप्सेको TMS मा प्रविष्टि गरेको र सदस्य दलालको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको व्यहोराको पत्र प्राप्त भएकाेले स्पष्टिकरण सोधिएको हो भने नासाले ग्राहक पहिचान फारमबाट ग्राहक विवरण TMS मा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलग्न कर्मचारीबाट मानविय त्रुटि हुनगई बाजेको नाम प्रविष्ट गनुपर्ने ठाउँमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रविष्ट गर्दा अन्यथा हुन गएको तथा हाल त्रुटि थाहा हुने बित्तिकै सच्चाएको व्यहोरको पत्र प्राप्त भएकाे स्पष्टिकरण सोधिएको नेप्सेले जनाएकाे छ ।
नेप्सेले सुमेरुलाई धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम (२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ । यस्तै त्रिशक्तलाई धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७(२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ ।
साथै नासा सेक्युरिटीजलाई धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७(२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न अनुराेध गरेकाे छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK