झापा । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले झापा जिल्लाको बाह्रदशी गाउँपालिका वार्ड नं ३ राजगढमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शाखा कार्यालय राजगढले सफा वतावरण, हाम्रो अभियान भन्ने नाराका साथ करिब ७० जनाको सहभागितामा सरसफाई कार्यक्रम समपन्न गरेको छ । आउँदै गरेकै बडा दशैं तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान साथै सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।
ईलाका प्रहरी कार्यलय–राजगढ, पाथीभरा चेतनशील महिला समूह, वडा कार्यालय बाह्रदशी-३, उद्योग वाणिज्य संघ राजगढ, वडा स्तरीय महिला उपभोक्ता समिति राजगढ लगाएत स्थानीयहरुको सहयोग र एनआईसी एशिया लघुवित्तको आयोजनामा राजगढ बजार परिसर सरसफाई गरिएको हो साथै अगामी दिनमा समेत सरसफाई कार्यक्रम अयोजना गर्न सहज हुने अभिप्रायका साथ संस्थाले स्थानीयलाई डस्टविन साथै झाडु समेत हस्थान्तरण गरेको थियो ।
कार्यक्रमको समापन मनत्वयमा बोल्दै पाथिभरा चेतनशिल महिला समुहका सचिवले संस्थाको अभियानमा स्थानीयको साथ रहेको बताउदै, स्थानीयलाई समेत सफा गर्न नसक्ने भए फोहोर गर्ने अधिकार नभएको बताएकी थिइन् । त्यस्तै इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरिक्षक कुमार ढकालले शाखा स्थापना समयमै रहँदा उदाहरण्ीय कार्य गरेको बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्