Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफामा २२१.४९ प्रतिशतको छलाङ

अर्थ सरोकार

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीको पहिलो त्रैमाससम्म आइपुग्दा खुद नाफामा १५०.५१ प्रतिशतको छ्लाङ मार्न सफल भएको छ ।

कम्पनीले असोज मसान्तसम्म १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो । यस्तै सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी १०३.१० प्रतिशत र सञ्चालन नाफा १४९.९२ प्रतिशतले बढेको छ ।

यता प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसाले बढेर ३६ रुपैयाँ ३१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK