×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकद्धारा नयाँ योजना सार्वजनिक, ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने

GLOBAL IME BANK
SHREE KESH

एनएमबि बैंकद्धारा नयाँ योजना सार्वजनिक, ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि बैंकले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा बिदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया सुरु गर्ने पहिलो बैंक हो । ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्नेछन् ।

‘एनएमबिले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गरिरहेको छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्नेछन् । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरण मैत्री बैंकिङप्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भिकेवाईसीको लागी डिजीटल लिन्क यस प्रकार रहेको छःhttps://vcc.nmb.com.np

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: