×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नर्भिक इन्टरनेशनल हस्पिटलमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारि छुट हुने

GLOBAL IME BANK
SHREE KESH

नर्भिक इन्टरनेशनल हस्पिटलमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारि छुट हुने

२४ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि भारि छुट दिने भएको छ । ब्रेस्ट क्यान्सर(स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो ।

अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने, ‘हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।’

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: