×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मनपरी गर्ने बैंकहरुलाई राष्ट्र बैंकको धक्का, ब्याज बढाएका सबैले घटाउनुपर्ने, सेयर बजार बढ्ने पक्का ! (सर्कुलरसहित)

बैंकहरुले ब्याजदरमा बैंकहरुले मनपरी गर्न थालेपछि नेपाल राष्ट्र बैंकले यसमा लगाम लगाएको छ । बैंकले आज बैक, ख, र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुका नाममा सर्कुलर जारी गर्दै ब्याजदर सम्बन्धि नयाँ व्यवस्था गरेको हो । बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक १ गतेबाट लागू गरेको निक्षेपको ब्याज दर फिर्ता हुनेगरी राष्ट्र बैंकले ३ बुंदे निर्देशन जारी गरेपछि अन्तत: सबै बैंकले बढाएको ब्याजदर फिर्ता भएको हो ।

आइतबार हिमालयन, एनआइसी एसिया र लक्ष्मी बैंकले ब्याज दर ११ प्रतिशतमाथि प्रकाशित गरेका थिए भने अन्य ९ वटा बैंकले ब्याज १० प्रतिशतमाथि पुर्याएका थिए । यसको चौतर्फी विरोध भएको थियो । अव सबैले आफ्नो बढाएको ब्याज फिर्ता गर्नुपर्नेछ ।

राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशन अनुसार अबदेखि जुनसुकै निक्षपको ब्याज निर्धारण गर्दा अघिल्लो महिनाको भन्दा बढिमा १० प्रतिशतले मात्र परिवर्तन गर्न पाइने भएको छ । अझ खास कुरा त के हो भने राष्ट्र बैंकको यो निर्देशनसँगै संस्थागत मुद्दति निक्षेपकर्ताले पाउने ब्याज अब सर्वसाधारणले पाउनेभन्दा कम हुने भएको छ ।

यो व्यवस्था मंगलबाट नै लागु हुनेछ।

सर्कुलरको बुँदा नम्बर ३ अनुसार अब सबै बैंकले बढाएको ब्याज घटाउनुपर्ने भएको छ। राष्ट्र बैंकले ३ गते नै ब्याजदर घटाएर यसको जानकारी गराउनु भनी स्पष्ट सर्कुलर जारी गरेको हो । यसले ब्याजदरकै कारण सुस्ताएको सेयर बजार उकालो लाग्ने पक्कापक्की भएको छ । ब्याजदरकै कारण बिग्रिएको माहोल अव परिवर्तन भएको छ ।

बजारमैत्री निर्णय नल्याएको भन्दै राष्ट्र बैंकको व्यापक विरोध भईरहेका बेला राष्ट्र बैंकले चालेको यस्तो कदमको भने चौतर्फी प्रशंसा हुने निश्चित छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: