×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड, २ लाख ९ हजार २५० जना भाग्यमानीले पाए १० कित्ताका दरले सेयर

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आइपीओको बाँडफाँड आज शुक्रबार बिहान ९ बजे गरिएको जनाएको हो । कम्पनीको आइपीओ गोलाप्रथामार्फत २ लाख ९ हजार २५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएकोमा १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो । आइपीओ कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन परेको थियो ।
कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गरेको हो । यसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो ।
आइपीओको नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी न्यादी हाइड्रोपावरको वेबसाइटबाट हेर्न सकिनेछ । यस्तै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: