×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

न्यादी हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान बाँडफाँड हुने, २ लाख ९ हजार २५० जना आवेदकले मात्रै १० कित्ता सेयर पाउने !

काठमाडौं । न्यादी हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले कम्पनीको आइपीओको प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न गरेसंगै शुक्रबार बिहान ९ बजे बाँडफाँड गरिने जनाएको हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा २३ लाख ५७ हजार १६६ जना आवेदकबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताका लागि आवेदन परेको छ । उक्त आवेदन सर्वसाधारणलाई निष्कासन गरेकोको १४ दशमलव शून्य ९ गुणा बढी हो । यस अनुसार २ लाख ९ हजार २५० जना आवेदकले मात्रै गोलाप्रथाबाट १० कित्ता शेयर पाउनेछन् । बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली हुनेछ ।
यस कम्पनीले असोज १५ गतेबाट १९ गतेसम्म २ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । यसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि खुला गरिएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: