×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपीओ, लगानीकर्ताले असोज १९ गतेसम्म आवेदन दिन सक्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

खुल्यो न्यादी हाइड्रोपावरको २२ लाख ५० हजार कित्ता आइपीओ, लगानीकर्ताले असोज १९ गतेसम्म आवेदन दिन सक्ने

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आज शुक्रबारदेखि आइपीओ जारि गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । लगानीकर्ताले प्रतिकित्ता अंकित मूल्य १०० मा आवेदन दिन सक्नेछन् । कुल आइपीओमध्ये १ लाख १२ हजार ५ सय कित्ता सामुहीक लगानी कोष र ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । र बाँकी २० लाख ९२ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।
उक्त सेयरमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर रेटिङ्ग नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘कियर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी