वीरगन्ज । चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्ने १३ सवारीलाई प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले कारबाही गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ती सवारीलाई कारबाही तथा ५० यात्रुबाट लिइएका बढी भाडा फिर्ता गराइएको कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए ।
सो कार्यालयसहित मातहतको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र महोत्तरीको संयुक्त पहलमा सुमो, हाइस र बस गरी १३ सार्वजनिक सवारीलाई कारबाही गरिएको जनाइएको छ । यसैबीच चाडपर्वलाई यस कार्यालय तथा मातहत कार्यालयबाट सवारी जाँच गर्दा मादक पदार्थ सेवन गरी चलाएका साना तथा ठूला गरी ५७ सवारीलाई कारबाही गरेको जनाएको छ । यसबाट रु ५७ हजार ५०० राजश्व सङ्कलन भएको जनाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्