×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनुषाको एक पेट्रोल पम्पबाट ६ लाख रुपैयाँ लुटपाट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनुषाको एक पेट्रोल पम्पबाट ६ लाख रुपैयाँ लुटपाट

Artha Sarokar

१९ आश्विन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनुषा ।  धनुषाको विदेह नगरपालिका-७ बेलापट्टीस्थित रोशन ज्योती आयल स्टोर (पेट्रोल पम्प) बाट ६ लाख रुपैयाँ लुटपाट भएको छ । लुटेराको समूहले गएराति सो पम्पबाट नगद ६ लाख रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको हो ।
प्रहरीका अनुसार ६/७ जनाको समूहमा आएका लुटेराको समूहले उक्त आयल स्टोरको ढोका फोडी आयल संचालक विदेह नगरपालिका-८ बफही बस्ने ४० वर्षीय शम्भु साहलाई कुटपिट गरी काउण्टरमा रहेको उक्त नगद लुटी फरार भएका थिए ।
प्रहरी चौकी गिद्दा एवं सिमानाकाहरुमा पर्ने प्रहरी इकाईहरुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गरिरहेको छ  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी