Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : बाढीले नष्ट गरेको काउली खेती नियाल्दै किसान, बगाएर ल्याएको दाउरा निकाल्दै बर्दियाका स्थानीय

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बाढीले नष्ट गरेको आफ्नो काउली खेती हेर्दै सुनसरी देवानगन्ज गाउँपालिकाका स्थानिय कृषकदेखि बर्दियाको राजापुर नगरपालिकाको दौलतपुरघाटमा कर्णाली नदीको बाढीले बगाएर ल्याएको  दाउरा संकलन गरिरहेका स्थानीयसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
 
हेरौं फोटो समाचार :
बाढीले  नष्ट गरेको आफ्नो काउली खेती हेर्दै सुनसरी  देवानगन्ज गाउँपालिकाका स्थानिय कृषक ।

बर्दियाको राजापुर नगरपालिकाको दौलतपुरघाटमा कर्णाली नदीको बाढीले बगाएर ल्याएको  दाउरा संकलन गदै स्थानीय ।

जाजरकोटको छेडाबजार–जुनिचाँदे सडकखण्डको विभिन्न स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएपछि रोकिएका सवारीसाधन ।

म्याग्दीको सदरमुकाम बेनी बजारमा अन्तरराष्ट्रिय प्रवासी म्याग्देली संघ ९मोना०को चौंथो महाधिवेशनका क्रममा प्रर्दशन गरिएको लोपोन्मुख लाखे नाँच ।

घोराही–९ का किसानले पालेका कुखुराले दिएको अण्डा बिक्रीका लागि बजार लैजाने तयारी गर्दै किसान । दाङमा प्रति क्यारेट चार सयमा बिक्री भइरहेको छ ।

मौसममा सुधार आएपछि डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो गाउँमा घाम तापेर बसेका चौंरीहरु ।

रामपुर नगरपालिका–१ स्थित चिन्ते सामुदायिक वन क्षेत्रमा रहेको छाङ्दी झरना अवलोकन गर्न पुगेका आन्तरिक पर्यटक रमाउँदै । प्रचारप्रसारको अभाव र संरक्षण बिहीन बनेको यस झरनाले सामाजिक सञ्जालमा तस्वीर छाएकै कारण पर्यटक तानिरहेको छ ।

वर्षा र बाढीले तिला नदीको बहाव बढेपछि जुम्लाको तिला गाउँपालिका–१ का स्थानीयवासीको पानी घट्टा सो नदीले डुबाएको छ ।

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटमा सवारी साधन हिलोमा फसेपछि भएको जाम । राहुघाट र काभ्रेमा हुने सवारी जामले बेनी–जोमसोमको यातायात प्रभावित भएको छ ।

काठमाडौँको बसुन्धारा चोकमा बिक्रीका लागि राखिएका सिलौटा ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK