Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : सडक बिग्रिएपछि बिरामीलाई बोकेर अस्पताल लैजाँदै महिला, खसीबोका बिक्री गर्न बजार जाँदै व्यापारी

अर्थ सरोकार

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले डोटीको दिपायल सिलगढी नगरपालिका–२ का बिरामी भएकी महिलालाई अस्पतालसम्म बोकेर लैजाँदै गरेका स्थानीय महिलादेखि खसीबोका बिक्री गर्न सप्तरीको राजविराजस्थित गजेन्द्रचोकको सडकतर्फ लैजाँदै गरेका व्यापारीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
डोटीको दिपायल सिलगढी नगरपालिका–२ का बिरामी भएकी महिलालाई अस्पतालसम्म बोकेर लैजाँदै स्थानीय महिला । वर्षातले सडक बिग्रिएका कारण यहाँका ग्रामिण क्षेत्रका बिरामीलाई बोकेरै अस्पतालसम्म लैजानु पर्ने बाध्यता रहेको छ ।

खसीबोका बिक्री गर्न सप्तरीको राजविराजस्थित गजेन्द्रचोकको सडकतर्फ लैजाँदै व्यापारी । राजविराजमा सोमबार खसीबोकाको हाट लग्ने गर्दछ।

हुलाकी सडकअन्र्तगत सप्तरीको अग्निकृष्णसवरण गाउँपालिका– ४ स्थित बनौलीमा बाटो फराकिलो गर्दै डोजर ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१३ मा हिलाम्मे भएको सडक । सामान्य मर्मत सुधारसमेत नुहँदा उक्त खण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ ।

भीमदत्त नगरपालिका–८ तिलाचौरस्थित भम्केनीधाममा निर्माण हुने नेपाल आमाको मूर्तिबारे जानकारी दिँदै प्राविधिक । धार्मिक पर्यटकीय क्षेत्र भम्केपानीमा ७५ फिटको नेपाल आमाको मूर्ति निर्माणको कार्य भइरहेको छ ।

सम्भाव्यता अध्ययन भइरहेको बागलुङ नगरपालिका–९ तित्याङमा रहेको तामाखानी । कोरोना महामारीका कारण एक वर्षदेखि रोकिएको खानी अध्ययनको बाँकी काम सुरु हुँदैछ ।

खुकुरी बनाउँदै कालीगढ । भोजपुरमा विगतका वर्षहरुमा धेरैको सङ्ख्यामा रहेका कालीगढले पछिल्लो समय पेशा छाड्दै गएका छन् । जसको कारण यो पेशा लोप हुने अवस्थामा पुगेको छ ।

दाङको घोराही–६, अघरामा पहेंलपुर भएर पाकेका धानबाली । यस वर्ष दाङमा धानको उत्पादन बढ्ने किसानले अनुमान लगाएका छन् ।

जिल्ला प्रशासन कार्यालय नवलपरासी (पश्चिम)मा सोमबार नागरिकता लिनेको भीड । हरेकदिन नागरिकता बनाउन र अन्य सिफारिस लिनका लागि ४०० देखि ५०० नागरिक जिप्रकामा आउने गर्छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK