×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : लमजुङमा दशैँको लागि कपडा किन्दै ग्राहक, मुस्ताङका च्याङ्ग्रा बिक्रीका लागि बजार लगिँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : लमजुङमा दशैँको लागि कपडा किन्दै ग्राहक, मुस्ताङका च्याङ्ग्रा बिक्रीका लागि बजार लगिँदै

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले लमजुङस्थित बेँसीशहर नगरपालिका– ७ स्थित बेँसीशहर बजारको सडक छेउमै राखिएको फुटपाथ पसलमा दशैँका लागि कपडा रोज्दै गरेका ग्राहकदेखि चाडपर्व नजिकिँएसँगै मुस्ताङका च्याङ्ग्रा म्याग्दी, पर्वत, बागलुङ, कास्की जिल्लाका विभिन्न बजार लगिँदैसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
लमजुङस्थित बेँसीशहर नगरपालिका– ७ स्थित बेँसीशहर बजारको सडक छेउमै राखिएको फुटपाथ पसलमा दशैँका लागि कपडा रोज्दै ग्राहक । कोरोनाले सुनसान बनेको पसल यतिबेला चहपल बढ्न थालेको छ ।

चाडपर्व नजिकिँएसँगै मुस्ताङका च्याङ्ग्रा म्याग्दी, पर्वत, बागलुङ, कास्की जिल्लाका विभिन्न बजार लगिँदै ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका—५ याम्फुदीनमा खाद्यान्न लैजान येम्पाङतर्फ हिँडेका खच्चड । सडक नपुगेका क्षेत्रमा खच्चड भरपर्दो यातायातको साधन हो ।

तनहुँको व्यास नगरपालिका–५ चुँदेरका महिला सालको पातबाट दुना टपरी गाँस्दै । आधुनिकतासँगै आजभोलि दुना टपरी लोप हुँदै गइरहेको छ ।

थकाली सेवा समितिको आयोजनामा बेनीमा सुरु हुन लागेको ११औँ तोरन्ल्ह गोल्डकप आर्चरी प्रतियोगिताको उद्घाटनका अवसरमा आयोजित ¥यालीमा सहभागीहरु ।

सप्तरीको राजविराजस्थित राजरंगशालाको उतरपट्टिको भागमा रहेका सडकपेटी र नाला निर्माण गरिँदै । पानी, ढलनिकासका लागि यहाँ नाला निर्माण गर्दैछन् ।

वालिङ नगरपालिका– १ यवादीस्थित कृषि विकास स्रोत केन्द्रमा पराल, मकैको खोष्टा, कोदोको नलहरुमा बनाइएको कन्य जातको च्याउ । विभिन्न जातका च्याउको बीउ ल्याएर यहाँ परीक्षण गर्ने र कृषकलाई सिफारिस गर्नुका साथै च्याउ बनाउने विधिबारे सिकाउनका लागि तयार गरिएको च्याउ घर ।

घोराही–१० स्थित नारायणपुरकी थारू महिला सालको पात बिक्री गर्न घोराही बजारमा डुलाउँदै ।

छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिका– ४ पासागाड खोलामा पुल नहुँदा खोलामा पानीको मात्रा बढेपछि रोकिएका सवारीसाधन ।

बागलुङ नगरपालिका–१३ स्थित दम्का फाँटमा लगाएको धानबाली ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी