काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले असोज १७ गते आइतबारदेखि ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर (संस्थापक सेयरधनीहरुको नाममा रहेको) लिलामी बिक्री खुला गरेको हो । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्ने भएका छन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ २०५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । आवेदकले प्रभु क्यापिटल कमलादी काठमाडौं पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा असोज २५ गतेसम्म आवेदन दिन सकिन्छ । बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्