Skip to content
LAXMI SUNRISE BANK

प्रभु क्यापिटल लिमिटेडद्धारा डबल धमाका अफर सञ्चालनमा, यस्ता छन् सुविधाहरु

अर्थ सरोकार

काठमाडौं । २०७८ सालको बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै निम्नानुसारको योजना अगाडि सारेको छ ।

प्रभु क्यापिटलको डबल धमाका अफरः
प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्नुहोस र निःशुल्क सेयर बजार सम्बन्धी तालिम लिनुहोस् ।

  • यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै सेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम प्रदान गरिनेछ ।
  • प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।
  •  साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई हामीले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएका ७० जना ग्राहकहरुलाई सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछ । जसमा नेपालको सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन् । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।
  • यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ ।
  •  रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।
  •  यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ ।
  • यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ ।
  •  दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिनेछ ।

……………………….

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK