काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बाग्मति प्रदेश अन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं ३२ मा रहेको तिनकुने एक्सटेन्सन काउन्टरलाई शाखा कार्यालयका रुपमा परीणत गरी कारोबार शुरुवात गरेको छ । वित्तीय संस्थाको शाखा कार्यालय थप भएपछि १६ वटा शाखा कार्यालयहरु तथा ५ वटा एक्सटेन्शन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन् । यस फाइनान्सले प्रदान गरिरहेका सम्पूर्ण सेवा सुविधाहरु उक्त नयाँ शाखाबाट समेत प्रवाह गरिनेछ ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले स्थापना गरिएको नयाँ शाखाबाट काठमाडौं महानगरमा बसोबास गर्ने सर्वसाधारणहरुको घरदैलोमा नै पुग्ने गरी आधुनिक प्रविधिको उपयोगद्वारा निक्षेप संकलन तथा कर्जा प्रवाह लगायतका वित्तीय सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । एटीएम, मोबाइल बैंकिङ, इ-बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, कर्पोरेट पे, सी आस्वा लगायत आधुनिक प्रविधिमा आधारित सबै प्रकारका डिजीटल बैंकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिटै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ । फाइनान्सले आगामी दिनहरुमा देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप शाखाहरु स्थापना गरी वित्तीय सेवा प्रवाहलाई विस्तार गर्ने योजना बनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्