×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरमा १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएकी प्रतिवादी सुनसरीबाट पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बैंकिङ कसुरमा १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना तोकिएकी प्रतिवादी सुनसरीबाट पक्राउ

Artha Sarokar

९ कार्तिक २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सुनसरी । बैंकिङ कसुरको मुद्दामा फरार रहेकी प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सो मुद्दामा प्रदेश-१ को प्रदेश प्रहरी कार्यालय विराटनगरले धरान उपमहानगरपालिका-३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत मोरङको २०७६ माघ ६ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १ महिना कैद र ५ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । उनलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराइ कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी