काठमाडौं । नेपाल राष्ट्र बैंकले १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार ९१ दिनको लागि ९ अर्ब १० करोड र १८२ दिनको लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न हुन लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आजै दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
९१ दिनको लागि ट्रेजरी पुस २० गते परिपक्व हुनेछ भने १८२ दिनको ट्रेजरी चैत २२ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।
यसमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्