काठमाडौं । नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणाली बिहीबार घटस्थापनाको दिन पनि सुचारु रहने जनाएको छ । घटस्थापनामा सार्वजनिक बिदा हुने भएपनि राष्ट्र बैंकले आरटीजीएस प्रणाली भने सुचारु रहने जनाएको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली बिहीबार पनि सुचारु रहने बताएको हो । राष्ट्र बैंकले जारी गरेको सूचनामा विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने उल्लेख छ ।
आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ ।