×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, साेमबार दिउँसो ३ बजे बोलकबाेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१३ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक, साेमबार दिउँसो ३ बजे बोलकबाेल

Artha Sarokar

२५ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिनकाे अवधिकाे लागि ८ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे ।
सो ट्रेजरी बिल पुस २७ गते परिपक्क हुनेछ । बैंकले १८२ दिनकाे अवधिकाे लागि २ अर्ब २५ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल चैत्र २९ गते परिपक्क हुनेछ । साथै राष्ट्र बैंकले ३६४ दिनकाे अवधिकाे लागि ३ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल असाेज २५ गते परिपक्क हुनेछ ।
उक्त ट्रेजरी बिल आज साेमबार दिउँसो ३ बजे बोलकबाेल भएर असाेज ३१ गते, आइतबार बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी