काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बाग्मती प्रदेश अन्तर्गत काठामाडौं जिल्लाको चन्द्रागिरीस्थित शाखा कार्यालय बलम्बु, कागेश्वरी मनोहरास्थित शाखा कार्यालय थली, ललितपुर जिल्लाको गोदावरीस्थित शाखा कार्यालय ठैव, भक्तपुर जिल्लाको कमलविनायकस्थित शाखा कार्यालय कमलविनायक, चितवन जिल्लाको बरुवाबजारस्थित शाखा कार्यालय माडी, सिन्धुपाल्चोक जिल्ला सदरमुकाम साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारामा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।
यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठान जिल्लाको सदरमुकाम मल्लरानीस्थित शाखा कार्यालय प्युठान मा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५४ पुगेको छ । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण एवं व्यवसायी उद्यमीहरुको वित्तीय पहुंचमा थप सघाउ पुगि आधुनिक बैंकिङ सेवा पाउने विश्वास व्यक्त गरेका छन् । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५४ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्