×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : दशैँ आएसँगै घर पोत्नको लागि रातो माटो खन्दै बागलुङका महिला, पाकेको कोदो टिप्दै हुम्लाकी युवती

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : दशैँ आएसँगै घर पोत्नको लागि रातो माटो खन्दै बागलुङका महिला, पाकेको कोदो टिप्दै हुम्लाकी युवती

Artha Sarokar

२२ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चाडबाडमा घर पोत्न प्रयोग हुने रातो माटो खन्दै बागलुङ नगरपालिका–३ का महिलादेखि हुम्लाको खार्पुनाथ गाउँपालिकाको याङ्चुमा पाकेको कोदो टिप्दै गरेकी युवतीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
चाडबाडमा घर पोत्न प्रयोग हुने रातो माटो खन्दै बागलुङ नगरपालिका–३ का महिला । 
हुम्लाको खार्पुनाथ गाउँपालिकाको याङ्चुमा पाकेको कोदो टिप्दै युवती ।

नेपालगञ्ज, सुर्खेत–जाजरकोट सडकखण्डभित्र पर्ने सुर्खेतको हर्रेडाडाँमा बिक्रीका लागि राखिएको फलफूल तथा तरकारी पसल ।

मर्दी हिमालको सफल आरोहण गरेका कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का युवा । हिमाल आरोहणको प्रवद्र्धनका लागि उनीहरुले पाँच हजार ५८७ मिटर अग्लो मर्दी हिमालको आरोहण गरेका हुन् ।

जिल्ला अनुगमन समिति यहाँको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा म्याद नाघेका अखाद्य वस्तु बरामद गर्दै ।

जिल्ला अनुगमन समिति यहाँको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा म्याद नाघेका अखाद्य वस्तु बरामद गर्दै ।

महोत्तरीको जलेश्वरमा माता दुर्गा भवानीको पण्डाल सिँगार्नका लागि बुर्जा बनाउँदै कालीगढ ।

दशैँका लागि मुस्ताङबाट बागलुङ ल्याइएका च्याङ्ग्रा । मुस्ताङबाट आठ दिनको यात्रापछि व्यापारी रामबहादुर खत्रीले २५ च्याङ्ग्रा बागलुङ भित्र्याएका छन् ।

गुलाब बेच्न हिँड्नुभएका २० वर्षीय विवेक परियार पोखरा–६ हल्लनचोकको सडक छेउको नालीमा फोहोर देखेपछि सफा गर्दै । सामाजिक कार्यमा रूचि राख्ने उहाँ फूल बेचेको पैसाले दीनदुःखी र असहायलाई खाना खुवाउने गर्नुहुन्छ ।

नेपाल एकीकरणको इतिहास बोकेको प्रसिद्ध धामिर्क तथा पर्यटकीयस्थलको रुपमा चिनिने गोरखा दरबार र दरबार परिसरमा रहेको कालिका मन्दिर तथा गोरखनाथ गुफाको अवलोकन गर्दै विदेशी पर्यटक । विसं २०७२ वैशाख १२ गतेको भुकम्पले क्षति पु¥याएको दरबार पुनःनिर्माणमा ढिलाइ हुँदा पर्यटकहले निराश भएर फर्कने गरेका छन् ।

मापदण्डविपरीत तरकारी बिक्री गरेको भन्दै शुक्रबार व्यास नगरपालिका–२ कालिका मार्गमा व्यास नगर प्रहरीले फ्याँकी दिँदा क्षति भएको तरकारी । नगर प्रहरीले फुटपाथमा बसेर फलफूल र तरकारी बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी