काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २०औं वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । कम्पनीले सभा केन्द्रिय कार्यालय थापाथलीमा भर्चुवल माध्यमबाट बिहान ११ बजे बोलाएको हो । सभामा कम्पनीले रैराङ हाइड्रोपावरलाई मर्जर वा एक्विजिसन गर्नेबारे निर्णय गर्ने एजेन्डा लैजाने भएको छ ।
यस्तै कम्पनीले १२.६% नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ । यो प्रस्ताव साधारणसभाले पारित गर्ने एजेन्डा रहेको छ । साथै सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहलगायतका एजेन्डा पनि राखिएको छ ।