×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रु रु जलविद्युतको साधारणसभा सम्पन्न, दुई वटै आर्थिक वर्षको लाभांश पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रु रु जलविद्युतको साधारणसभा सम्पन्न, दुई वटै आर्थिक वर्षको लाभांश पारित

Artha Sarokar

१८ आश्विन २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रु रु जलविद्युत् परियोजनाको वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तिसारमा सम्पन्न भएको हो । सभाले कम्पनीले दुई वटा आर्थिक वर्षको लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आव २०७६/७७ को १०.५२६३% नगद लाभांश र आव २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र ०.५२६३% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले सभा र लाभांश वितरणको लागि असोज ७ गते बुक क्लोज गरेसँगै असोज ६ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।
साथै सभाबाट आगामी चार वर्षका लागि कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहबाट पाँच जना, सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । यस्तै सभाबाट एक जना स्वतन्त्र सञ्चालक पनि निर्वाचित भएका छन् ।
सञ्चालकहरुमा आशिष सुवेदी, भरत प्रसाद नेपाल, चन्द्र बहादुर पुन, सागर पाठक र सरिता शाक्य प्रधान संस्थापक समूहबाट,सर्वसाधारण समूहबाट गरिमा अधिकारी र स्वतन्त्र सञ्चालकबाट गोबिन्द चालिसे रहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी