काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले काठमाडौं जिल्लाको नागर्जुनमा नयाँ शाखा उद्घाटन गरेको छ । संस्थाले शनिबार एक कार्यक्रम गरी काठमाडौंमा पहिलो शाखाको रूपमा नागार्जुन शाखा कार्यालय उद्घाटन गरेको हो । शाखा कार्यालयको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले लघुवित्तले घरदैलोमा बैंकिङ सेवा पुर्याउन भूमिका खेल्दै आएको बताए ।
राष्ट्र बैङ्कले नेपालमा क, ख, ग, घ वर्ग जस्ता संस्थाहरू नेपालमा कति वटा चाहीने हो प्रस्ट रूपमा अध्ययन गरेर नयाँ संस्थाको लाइसेन्स दिनुपर्ने बताएका छन् । संस्थाले चालु आर्थिक वर्षको असोज महिनामा १६ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कार्यक्रममा बोल्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ४ वर्षअघि ६७ जना व्यक्ति, एनसिसि बैंक र साङ्ग्रिला विकास बैंक प्रमोटर रहेर साधनाको जन्म भएको बताए ।
कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण तथा सहरी क्षेत्रमा वित्तीय सेवासँगै वित्तीय साक्षरता आजको आवश्यकता रहेको हुँदा वित्तीय साक्षरता कार्यक्रमलाइ जोड दिई राज्यको दुर दराजमा सहज, सरल र उत्कृष्ट वित्तीय सेवा उपलब्ध गराउन वित्तीय संस्था प्रतिबद्ध रहेको बताएका छन् । ४ वर्षको छोटो अबधिमा वित्तीय संस्थाले ३१ जिल्लामा ९३ वटा शाखा कार्यालयमार्फत ३ अर्ब ८० करोड कर्जा लगानी गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले ७७ हजार भन्दा बढी घरपरिवारलाई प्रत्यक्ष वित्तीय सेवा दिँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्