काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले यही कार्तिक १० गतेदेखि १३ गतेसम्म आधारभुत बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको हो । तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्ने, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो ३ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र सहित कम्पनीमा बुझाउन आग्रह गरेको छ ।
तालिम शुल्क भने एक हजार रुपैयाँ रहेको छ । त्यस्तै संस्थागत बीमा अभिकर्ता तालिम लिनका लागि भने सहभागी संचालक पदमा बहाल रहेको प्रमाण खुल्ने आधिकारिक पत्र, संचालक समितिको निर्णय माइन्युट उतार, कम्पनीको प्रमाणपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी लगायतका विभिन्न विवरणहरु चाहिने कम्पनीले जनाएको छ । उक्त तालिम बिहान १० बजेदेखि ४ बजेसम्म संचालन हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्