×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जाको आइपीओ आइतबार बाँडफाँड, भाग्यमानी ६ लाख ४४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

साहस उर्जाको आइपीओ आइतबार बाँडफाँड, भाग्यमानी ६ लाख ४४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउने

Artha Sarokar

१५ आश्विन २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साहस उर्जा लिमिटेडको आइपीओ आगामी आइतबार बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले कम्पनीको आईपीओको आज शुक्रबार प्रि–अलटमेन्टको काम सकिने जनाएको छ । क्यापिटलले आगामी आइतबारआफ्नै कार्यालयमा साहस उर्जाको आईपीओ बाँडफाँड गर्ने जनाएको हो ।
यस कम्पनीले गत असोज ६ गतेदेखि १० गतेसम्म साहस उर्जाको १०० रुपैयाँ अंकित दरका कुल ७० लाख कित्ता साधारण सेयर बिक्री खुला गरिएको थियो । यो आईपीओमा २४ लाख ६४ हजारभन्दा बढी आवेदन दिएका थिए । यस आधारमा ३ करोड ४८ लाख कित्ता बढी सेयर माग भएको थियो।
मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ भने भाग्यमानी ६ लाख ४४ हजार आवेदकले मात्रै १० कित्ताका दरले सेयर पाउनेछन् । कम्पनीले पहिलो चरणमा गत साउन २९ गतेबाट भदौ ११ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी