काठमाडौं । साहस उर्जा कम्पनीको आइपीओ आइतबारर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गरेको हो । यसमा गोलाप्रथामार्फत कुल ६ लाख ४४ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । साहसको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये ५ हजार २८५ जना आयोजना प्रभावित स्थानीयले पुनः आवेदन दिएको हुनाले रद्द भएको छ ।
साथै दोहोरो आवेदन दिएका ७ हजार ७११ जना सर्वसाधारणको आवेदन पनि रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । साहस उर्जाले सर्वसाधारणका लागि ६४ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । कुल ७० लाख कित्तामध्ये ३ लाख ५० हजार कित्ता म्युचुअल फन्ड र २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो । आइपीओको नतिजा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको वेबसाइट र निष्कासनकर्ता कम्पनी साहस उर्जाको वेबसाइटबाट हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्