×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कति पाउला साहस उर्जाको आईपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ?

काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज न्युनतम प्रतिकित्ता १३५ रुपैयाँ ११ पैसा र अधिकतम ४०५ रुपैयाँ ३३ पैसासम्म पाउनेदेखिएको छ । कम्पनीको २०७६/७७ को वास्तविक नेटवर्थ १३५ रुपैयाँ ११ पैसा रहेकाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।
कम्पनीको सेयर नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको आईपीओको बाँडफाँड गत असोज १७ गते भएको हो । कम्पनीको आईपीओ ६ लाख ४४ हजार आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । कुल आवेदन मध्ये ११ हजार ९९६ जना आवेदकको आवेदन रद्द भएको थियो ।
कम्पनीले गत भदौ ६ गतेदेखि १० गतेसम्म ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन गरिएको कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि वितरण गरिएको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले पाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: