×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा कात्तिक १६ गते हुने, प्रस्तावित २५ प्रतिशत लाभांश पारित गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा कात्तिक १६ गते हुने, प्रस्तावित २५ प्रतिशत लाभांश पारित गरिने

Artha Sarokar

१७ आश्विन २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको अघिल्लो आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारणसभा कात्तिक १६ गते हुने भएको हो । सभामा सञ्चालक समितिले गत चैतमा घोषणा गरेको २५ प्रतिशत लाभांश पेश हुने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश दिन लागेको हो ।

सभा जुम एप्लिकेसनमार्फत भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसकारण कात्तिक १ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी