काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले बीमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला विन्दवासनी गाँउपालिका वडा नं.४, अमरपटीका केन्द्र नं.०३४ कि सदस्य फुलवन खातुनको श्रीमानको मृत्यु पश्चात निजलाई बीमा दाबी रकम उपलब्ध गराईएको हो ।
पोखरिया शाखाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवका अनुसार शाखाका लेखापाल गोविन्द चौधरीको हातबाट निज सदस्य फुलवन खातुनलाई बिमाङ्क रकम ५ हजार बराबरको चेक भुक्तानी गरिएको हो । संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् ।